काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् उपप्रधानमन्त्रीविहीन भएको छ। यसअघि केपी ओली नेतृत्वको सरकारमा भागबण्डा मिलाउन तीन जनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो।
त्यसअघि २०७४ सालमा चौथोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले चार जनालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका थिए। तर, यसपटक भने देउवा क्याबिनेट उपप्रधानमन्त्रीविहीन भएको छ।
प्रधानमन्त्री देउवाले आफूपछिको वरीयतामा गृहमन्त्री बालकृष्ण खाँणलाई राखेका छन्। अब प्रधानमन्त्री देउवा विदेश जाँदा वा कुनै कारणले काम गर्न असमर्थ भएर जिम्मेवारी दिनुपर्दा गृहमन्त्री खाँणले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनेछन्। प्रधानमन्त्री देउवाले सरकार गठन भएको ८९ औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्।