काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शुक्रबार २५ जना मन्त्रीहरु नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले शुक्रबार मन्त्री भएकाहरुको जिम्मेवारी हेरफेर र कार्यविभाजन गरेकी हुन्।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।
प्रवक्ता पन्तले भने, 'राष्ट्रपतिज्यूले मन्त्रिपरिषद् गठन गर्नुभएको छ, साढे ४ बजेदेखि ५ बजेभित्र हुने गरी तयारी गर्दैछौं।'