आइतबार, माघ ४, २०८२

घरेलु टोली स्पोर्ट्स क्यासललाई फुटसल लिगको उपाधि

घरेलु टोली स्पोर्ट्स क्यासल पोखराले पहिलो सँस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि हात पारेको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

पोखरा- घरेलु टोली स्पोर्ट्स क्यासल पोखराले पहिलो सँस्करणको राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि हात पारेको छ। शुक्रवार भएको फाईनलमा। काठमाडौंको शंखमुल फुटसललाई ४–२ ले हराउँदै क्यासलले उपाधि जितेको हो।

National life

पोखरा रंगशालाभित्र रहेको बहुउद्देश्यीय कभर्डहलमा भएको फाइनलमा आफ्नो टिमलाई च्याम्पियन बनाउन किशोर गुरुङले ह्याट्रिक पुरा गर्दा विजय गुरुङले एक गोल गरे। शंखमुलको तर्फबाट लक्ष्मण थापमगर र मणि लामाले गोल फर्काएका थिए।

खेलको पाँचौ मिनेटमा विजय गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई १–० को अग्रता दिलाए। १०औं मिनेटमा लक्ष्मण थापामगरले गोल गर्दै खेललाई १–१ गोलको बराबरी ल्याए भने २०औं मिनेटमा किशोर गुरुङले गोल गर्दै स्पोर्ट्स क्यासललाई २–१ को अग्रता दिलाए।

२१औं मिनेटमा किशोर गुरुङले स्पोर्ट्स क्यासललाई ३–१ को अग्रता दिलाए। २२औं मिनेटमा मणि लामाले गोल गर्दै शंखमुललाई ३–२ को अवस्थामा ल्याए। ३९औं मिनेटमा किशोर गुरुङले ह्याट्रिक पुरा गर्दै क्यासललाई ४–२ को जितसहित च्याम्पियन बनाएका छन्। 

लिगमा स्पोर्ट्स क्यासलले ११ खेल खेल्दा ९ जित, १ बराबरी र एक हारको नतिजा निकाल्यो। त्यस्तै १२ खेल खेलेको शंखमुलले  ७ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ।

Laxmi sunrise bank
kumari

उपाधिसँगै स्पोर्ट्स क्यासलले १० लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको शंखमुलले ५ लाख रुपैयाँ प्राप्त गरेको छ। २ देखि २२ असोजसम्म पोखरामा भएको लिगमा देशभरका १० टोलीले प्रतिस्पर्धा गरेका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगका लागि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा छनोट प्रतियोगिता आयोजना गरेको थियो।

प्रदेश १ बाट फुटसल फाइभ र दि राइजिङ क्लब धरान, बागमती प्रदेशबाट ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरि युथ क्लब र स्काइ गोल्स् रहेका थिए। गण्डकी प्रदेशबाट स्पोर्ट्स क्यासल, सविन मेमोरियल फुटसल क्लब र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट लुम्बिनी फुटसलले लिगमा स्थान बनाउँदा लुम्विनीकै झरना स्पोर्ट्स क्लब रुपेन्देहीले प्रदेश २ बाट प्रतिनिधित्व गर्ने अवसर पाएका थिए। लुम्बिनीका दुवै टोली नै रेलिगेसनमा परेका छन्।

प्रकाशित: Oct 08, 2021| 15:11 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।