शुक्रबार, भदौ ५, २०८३

मन्त्रिपरिषद्ले पायो पूर्णता, सूचीसहित

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। मन्त्रीको सूची राष्ट्रपति कार्यालयमा पठाइएको देउवाको सचिवालयले जनाएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं–  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री बनेको ८८ दिनपछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। मन्त्रीको सूची राष्ट्रपति कार्यालयमा पठाइएको देउवाको सचिवालयले जनाएको छ।

कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन्। स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानिएको देउवाको सचिवालयले जनाएको छ। यसअघि कानुनमन्त्री रहेका कार्कीले सञ्चारको जिम्मेवारी दिएका हुन्। कांग्रेसबाट यसअघि बालकृष्ण खाण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन्।

जसपाबाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र महिन्द्र राय यादव कृषि तथा पशुपन्छी विकाममन्त्री बन्ने टुंगो लागेको छ। नेकपा एकीकृत समाजवादीबाट रामकुमार झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आलेलाई संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्रीको जिम्मेवारी दिइएको देउवाको सचिवालयले जनाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी विरोध खतिवडाले पाएका छन्। स्वास्थ्य राज्यमन्त्रीमा एकीकृत समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन्। 

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन्। माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन्।

कसलाई कुन मन्त्रालय?

शेरबहादुर देउवा : प्रधानमन्त्री

गृह मन्त्रालय : बालकृष्ण खाण

परराष्ट्र मन्त्रालय : नारायण खड्का

सञ्चार, सूचना तथा प्रविधि : ज्ञानेन्द्रबहादुर कार्की

कानुन न्याय तथा संसदीय मामिला : दिलेन्द्र बडू

महिला बालबालिका तथा ज्येष्ठ नागरिक : उमा रेग्मी

रक्षा मन्त्रालय : मिनेन्द्र रिजाल

खानेपानी मन्त्रालय  : उमाकान्त चौधरी

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय : गजेन्द्र हमाल

अर्थ मन्त्रालय : जनार्दन शर्मा

शिक्षा विज्ञान तथा प्रविधि : देवेन्द्र पौडेल

ऊर्जा मन्त्रालय :  पम्फा भुसाल

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण : शशी श्रेष्ठ

युवा तथा खेलकुद  : महेश्वरजंग गहतराज

भौतिक पूर्वाधार तथा यातायात : रेणुकुमारी यादव

संघीय मामिला तथा सामान्य प्रशासन : राजेन्द्र श्रेष्ठ

वन तथा वातावरण : रामसहाय यादव

कृषि तथा पशुपन्छी विकास : महिन्द्र राय यादव

सहरी विकास : रामकुमार झाँक्री

श्रम रोजगार तथा सामाजिक सुरक्षा :  कृष्णकुमार श्रेष्ठ 

संस्कृति पर्यटन तथा नागरिक उड्यन :  प्रेम आले

उमेश श्रेष्ठ : राज्यमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय

स्वास्थ्य तथा जनसंख्या : विरोध खतिवडा

स्वास्थ्य राज्यमन्त्री : भवानीप्रसाद खापुङ

प्रकाशित: Oct 08, 2021| 15:08 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...