शुक्रबार, भदौ ५, २०८३

प्रधानमन्त्री देउवा शीतलनिवासमा

प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ। देउवा केही समयअघि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शुक्रबार बिहान भेटवार्ता भएको छ। देउवा केही समयअघि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन्। मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवा त्यसबारे छलफल गर्न राष्ट्रपति कार्यालय गएको बताइएको छ।

बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटेको थियो। दलहरूबीच सहमति जुटेसँगै देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। गठबन्धनका सबै नेताले आफ्नो दलबाट पठाइने मन्त्रीको टंगोसमेत लगाइसकेका छन्।

प्रकाशित: Oct 08, 2021| 12:09 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...