बुधबार, चैत ११, २०८२

जर्मनीको जोगिएन साख : ८० वर्षपछि समूह चरणबाटै बाहिर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडाैं- सन् २०१४ को विश्वकप विजेता जर्मनी विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिएको छ । समूह एफको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित भएपछि जर्मनी विश्वकपबाट बाहिरिएको हो ।

नकआउट चरणमा जान जर्मनीलाई जीत आवश्यक थियो तर समूह चरणका दुवै खेलमा पराजित भएको दक्षिण कोरियाविरुद्ध उसले एक गोल पनि गर्न सकेन । दक्षिण कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको हो । 

नियमित ९० मिनेटको समयमा कोरियाले जर्मनीलाई गोलरहित बराबरीमा रोकेको थियो । जर्मनीको स्ट्राइकरहरुले एकोहोरो दवाव दिए पनि गोल गर्न असमर्थ रहे । तर, थपिएको समयमा लगातार दुई गोल गर्दै कोरियाले जर्मनीलाई नमिठो हार चखायो । 

कोरियाका लागि पहिलो गोल किम युङगोनले थपिएको समयको तेस्रो मिनेटमा गरे भने दोस्रो गोल सङ हिउनमिनले थप भएको समयको छैठौँ मिनेटमा गोल गरेका थिए ।

जर्मनी सन् १९३८ पछि पहिलोपटक समूहचरणबाटै बाहिरिएको हो ।  ८० वर्षपछि जर्मनीको फुटबल इतिहासमा नमेटिने दाग लागेको छ । 

यो संगै जर्मनी साविक विजेताको रुपमा समूह चरणबाटै घर फर्कने लगातार तेस्रो विश्व च्याम्पियन बनेको छ ।

सन् २००६ को विजेता इटाली २०१० मा, २०१० को विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै घर फर्किएका थिए । त्यस्तै सन् १९९८ को विश्वकप विजेता फ्रान्स पनि सन् २००२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।