शुक्रबार, भदौ ५, २०८३

नेकपा समाजवादीले टुंग्यायो मन्त्रीको नाम

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम र मन्त्रालयको टुंगो लगाएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरूको नाम र मन्त्रालयको टुंगो लगाएको छ। शुक्रबार विहान बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको नेता विरोध खतिवडाले जानकारी दिए।

खतिवडाका अनुसार एकीकृत समाजवादीले पाएका चार मन्त्रालय शहरी विकासमा खतिवडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रामकुमारी झाँक्री, पर्यटन तथा नागरिक उड्ययनमा प्रेम आले र श्रम तथा रोजगारमा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ।  

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। २९ असारमा सरकारको नेतृत्व सम्हालेका देउवाले यसअघि तनी पटक गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए। देउवाले पाँच जनाको भरमा करिब तीन महिना मुलुक हाँकेका छन्।  -न्युज कारखाना

प्रकाशित: Oct 08, 2021| 09:57 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...