बुधबार, चैत ११, २०८२

ब्राजिल विजेता र स्विट्जरल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- पाँच पटकको विश्व विजेता ब्राजिल र स्विट्जरल्याण्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । 

बुधबार राती भएको समुह 'ई' को अन्तिम खेलमा ब्राजिलले सर्वियालाई २-० गोलअन्तरले हराउँदा स्विट्जरल्याण्डले कोष्टारिकासँग २-२ गोलको बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेका हुन् । 

समुहको अन्तिम खेलमा ब्राजिलले सर्वियालाई दुई शुन्यले हराउदै समुह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलको पहिलो आधा घण्टा ब्रजिलले सर्वियासँग गोल रहित बराबरी खेलेको थियो । खेलको ३६ औं मिनेटमा पउलिन्होको गोल मार्फत ब्रजिलले अग्रता लियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा झन आक्रामक खेल्यो । दोस्रो हाफको ६८ औं मिनेटमा ब्राजिलले अन्तर दुई शुन्यमा पुर्यायो । नेयमारको कर्नरमा थिएगो सिल्भाले हेडर गोल गरे । त्यसपछि सर्विया खेलमा फर्कन निकै प्रयास गरेको थियो तर सफल हुन सकेन ।

समुह विजेता बनेको ब्राजिलले अब प्रिक्वाटरफाइनलमा मेक्सिकोसँग खेल्नेछ ।

यसै समूहअन्तर्गत अर्को खेलमा स्वीट्जरल्यान्डले कोष्टारिकासँग २–२ गोलको बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

समुह उपविजेता बनेको स्वीट्जरल्यान्डका लागि खेलको ३१औं मिनेटमा ब्लेरिम जेमइलीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको ५६औं मिनेटमा केन्डल वास्टनले गोल गर्दै कोष्टारिकालाई बराबरीमा पुर्याएका थिए ।

खेलको ८८औं मिनेटमा स्वीट्जरल्यान्डले गोल गर्दै २–१ गोलको अग्रता बनाएको थियो । तर खेलको अन्तिम समयमा स्वीट्जरल्यान्डका यान सोमेरले आत्मघाती गोल गरेपछि कोष्टारिकासँग २–२ गोलको बराबरी खेलेको हो ।

अब स्विजरल्याण्डले प्रि–क्वाटरफाइनलमा समुह 'एफ' को विजेता स्विडेनसंग खेल्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।