शुक्रबार, भदौ ५, २०८३

जसपाले टुंग्यायो चार मन्त्रीको नाम

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि अध्यक्ष उपेन्द्र यादव भने सरकारमा नजाने भएका छन्।

यादव नजाने भएसँगै जसपाका नेताहरूबीच मन्त्रिमण्डलमा पठाउने मन्त्रीहरूको नाममा अनौपचारिक सहमति भएको जसपाका एक नेताले बताए। जसपाले पाउने चार मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद साहको टुंगो लागेको ति नेताले जानकारी दिए।

मन्त्रीहरूको नाम टुंगो लगाएर जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आजै गृहजिल्ला गोरखा गएका छन्।  ‘मन्त्रीहरूको नाम टुंगो लगाएर भट्टराई आजै गोरखा गइसक्नुभएको छ’ ति नेताले भने, ‘उनीहरूले पाउने मन्त्रालयको भने टुंगो लागेको छैन।’

जसपा कार्यकारिणी समितिको बैठकले मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो। प्रधानमन्त्री देउवाले आजै ११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने र ४ बजे शपथ गराउने तयारी गरेका छन्। -न्युज कारखाना

प्रकाशित: Oct 08, 2021| 08:55 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...