शुक्रबार, भदौ ५, २०८३

११ बजे मन्त्रिपरिषद् विस्तार, ४ बजे शपथ

झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउने भएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- झण्डै तीन महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउने भएको छ। शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार हुने र ४ बजे शपथ गराउने गरी तयारी भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएर शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति जुटाएको हो। सहमति अनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित नौ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एकीकृत समाजवादी)ले चार/चार मन्त्रालय पाउने भएका छन्।

मन्त्रालय भागबण्डामा असन्तुष्टि राखेको एकीकृत समाजवादीले दुई राज्यमन्त्रीसहित चार मन्त्रालय लिने गरी सहमति जुटेको छ। एकीकृत समाजवादीले स्वास्थ्यसहित चार मन्त्रालय पाएको छ।

यस्तै शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पनि एकीकृत समाजवादीले नै पाएको छ। कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लगायत पाएको छ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ। जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण पाउने भएको छ।

सरकार गठन भएको ८९ दिनमा मन्त्रिपरिषदले पूणता पाउन लागेको हो। लामो समयसम्म मन्त्रिपरिषदले पूर्णता नपाउँदा सरकारको चर्को आलोचना भइरहेको छ।  -न्युज कारखाना

प्रकाशित: Oct 08, 2021| 08:40 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...