सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पुनरागमन जितसँगै विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै

पुनरागमन जितसँगै विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै

फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकालेको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं– फिफा विश्वकप छनोटअन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलाविरुद्ध ३–१ पुनरागमन जित निकालेको छ।

भेनेजुएलाको मैदानमा भर्खरै सम्पन्न खेलमा ब्राजिलले पहिलो हाफमापछि परेको अवस्थाबाट जित निकालेको हो।

जितका लागि माक्विन्होस् ग्याब्रियल जिसस र एन्टोनीले गोल गरेका थिए। खेलको पहिलो हाफमा भेनेजुएलाका इरिक रामारेजले गोल गरेपछि पहिलो हाफमा ब्राजिल १–० गोलले पछि परेको थियो।

तर, दोस्रो हाफको ७१औं मिनेटमा राफिन्हाले दिएको पासको सदुपयोग गर्दै माक्निहोसले गोल गरेका थिए। उनको गोलसँगै खेल बराबरी भएको थियो। यता ८५औं मिनेटमा ब्राजिलले पेनाल्टी पाएपछि जिससले पाहुना टिमलाई अग्रता दिलाएका थिए।

त्यस्तै, राफिन्हाको पासमा एन्थोनी इन्ज्युरी समयमा गोल गर्दै ब्राजिललाई ३–१ गोलको पुनरागमन गराउन सफल भए। जिससलाई विस्थापन गर्दै राफिन्हा खेलको ७७ औं मिनेटमा मैदान पसेका थिए।

यो जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्षस्थानमा छ। उसले ९ खेलबाट सत प्रतिसत अंक जोडेको छ। आज बिहानकै अर्को खेलमा उरुग्वे र कोलम्बियाले गोलरहित बराबरी खेलेका थिए।

त्यस्तै, अर्को खेलमा इक्वेडरले बोलिभियालाई ३–० गोलले हराएको थियो।

प्रकाशित: Oct 08, 2021| 08:38 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।