काठमाडौं- नेपाली कांग्रेस बाजुराको सातौं जिल्ला अधिवेशनबाट रामसिंह रावल सभापतिमा विजयी भएका छन्। रावल ६ सय ५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
निवर्तमान पार्टी सभापति कविराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुन्। दोस्रो चरणमा भएको मतदानमा ११ सय ८२ मत खसेको थियो। जसमा रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएका थिए।
पहिलो चरणमा कविराज पण्डित, रामसिहं रावल र चक्र शाहबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सभापतिको लागि दोस्रो चरणमा मतदान भएको थियो।
पहिलो चरणमा खसेको १२ सय ५ मत मध्ये कविराज पण्डितको ४ सय ८९, राम सिंह रावलले ४ सय ७४ र चक्र शाहले १ सय ५२ मत ल्याएका थिए। दोस्रो चरणको चुनावमा शाहले रावललाई सहयोग गरेका थिए।
उपसभापतिमा नारायण पाध्याय, सचिवमा तिलकराज पुरी र भरत बहादुर रोकाया विजयी भएका छन्। सहसचिवमा कृष्णराज पाध्याय र सुरेन्द्र बहादुर सिहं निर्वाचित भएका छन्।