शुक्रबार, भदौ ५, २०८३

संघीय निजामती र रेल्वे विधेयक आज संसद्‍बाट फिर्ता लिँदै सरकार

सरकारले आज शुक्रबार संघीय संसदमा रहेका दुई वटा विधेयक फिर्ता लिँदैछ। केही दिन अघि बसेको मन्त्रिपरिषद् निर्णय अनुसार संघीय निजामति सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिइन लागिएको हो।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- सरकारले आज शुक्रबार संघीय संसदमा रहेका दुई वटा विधेयक फिर्ता लिँदैछ। केही दिन अघि बसेको मन्त्रिपरिषद् निर्णय अनुसार संघीय निजामति सेवा विधेयक २०७५ र रेल्वे विधेयक २०७६ फिर्ता लिइन लागिएको हो। 

संघीय संसदका दुबै सदनको बैठक दिउँसो १ बजे बस्दैछ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

रेल्वे विधेयक राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन छ। फिर्ता लिन राष्ट्रिय सभाको सहमतिको निमित्त प्रतिनिधि सभाको सिफारिस प्राप्त गर्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ।

- न्युज कारखाना

प्रकाशित: Oct 08, 2021| 08:09 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...