सोमबार, असार २२, २०८३

नेसन्स लिगको फाइनलमा स्पेन र फ्रान्स भिड्ने

युरोपियन नेसन्स लिगको फाइनलमा स्पेन र फ्रान्स भिड्ने भएका छन्।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- युरोपियन नेसन्स लिगको फाइनलमा स्पेन र फ्रान्स भिड्ने भएका छन्।

शनिबार राति इटालीमा भएको सेमिफाइनल खेलमा जित निकाल्दै २०१८ को विश्व विजेता फ्रान्स र स्पेन फाइनलमा पुगेका हुन्।

सेमिफाइनलको पहिलो खेलमा आयोजक इटाली र स्पेनले प्रतिस्पर्धा गरेका थिए। २०२० को युरो कप विजेतासमेत रहेको इटालीले स्पेनसँग २–१ गोलको हार बेहोर्‍यो।

सेमिफाइनल खेलको पहिलो हाफको १७औं मिनेटमा गोल गर्दै फरान टोरेसले स्पेनका लागि अग्रता बनाएका थिए। उलले नै पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेर पहिलो हाफमै इटालीले २–० गोलको अग्रता बनाएको थियो।

यता, इटालीका लियोनार्दो बोनुचीले खेलको ४२औं मिनेटमै डबल रातो कार्ड पाएपछि घरेलु टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो।

सुरुआतबाटै दबाबमा आएको इटालीले २५ प्रतिसत समय बलमा नियन्त्रण बनाउँदै ८३औं मिनेटमा सान्त्वना गोल फर्कायो।

सेमिफाइनलको दोस्रो खेलमा विश्व नम्बर वान बेल्जियमले विश्वविजेता फ्रान्सको सामना गरेको थियो। सो खेलमा फ्रान्सले बेल्जियमलाई ३–२ गोलले हराउँदै उपाधि फाइनलमा प्रवेश गरेको हो।

फ्रान्सको जितका लागि करिम बेञ्जेमा, केलियन एम्बाप्पे र थियो हर्नान्डेसले समान १–१ गोल गरेका थिए। यता बेल्जियमकक लागि फेरिरा कारास्को र रोमेलु लुकाकुले गोल गरेका थिए।

बेल्जियमका कारास्कोले ३७ औं मिनेटमा र लुकाकुले ४० औं मिनेटमा गोल गरेर पहिलो हाफमा २–० गोलको अग्रता बनाए पनि फ्रान्सले दोस्रो हाफमा तीन गोल फर्काउँदै पुनरागमन जित निकालेको हो।

अब स्पेन र फ्रान्सबीच फाइनल खेल अक्टोबर ११ तारिखमा हुनेछ। यता तेस्रो स्थानका लागि खेल अक्टोबर १० मा हुनेछ। फाइनल खेल सान सिरो रंगशालामा हुनेछ।

नेसन्स लिगको समूह चरणका खेलहरू २०२० को नोभेम्बरमा सम्पन्न भएका थिए।

प्रकाशित: Oct 08, 2021| 08:03 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।