शुक्रबार, भदौ ५, २०८३

महत नेतृत्वको कांग्रेस टोली र भाजपाका अध्यक्षबीच भेटवार्ता

भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेको नेपाली कांग्रेसको टोलीले बिहीबार भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेका हुन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेको नेपाली कांग्रेसको टोलीले बिहीबार भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेका हुन्। 

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले नयाँ दिल्लीमा भाजपा अध्यक्ष नाड्डासँग भेटवार्ता भएको टोलीका सदस्य उदयशमशेर राणाले जानकारी दिएका छन्। 

उनले भनेका छन्, 'दुई पार्टीबीचको सम्बन्ध विस्तारका बारेमा सौहार्द कुराकानी भएको छ।'

भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर सहभागी रहेको राणाले जानकारी दिए। नेपाली कांग्रेसकातर्फ सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेता अजय चौरासिया र राणा सहभागी टोली बिहीबार नयाँ प्रस्थान गरेको हो।



 

प्रकाशित: Oct 07, 2021| 20:30 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...