शुक्रबार, भदौ ५, २०८३

निजी क्षेत्र एमसीसीको पक्षमा उभिँदा भीम रावलको आक्रोश

नेकपा एमाले का उपाध्यक्ष भीम रावलले निजी क्षेत्रको एमसीसीको समर्थन गरेकोमा आक्रोश व्यक्त गरेका छन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- नेकपा एमाले का उपाध्यक्ष भीम रावलले निजी क्षेत्रको एमसीसीको समर्थन गरेकोमा आक्रोश व्यक्त गरेका छन्। 

बिहीबार साँझ ट्विट गर्दै रावलले व्यवसायीप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले भनेका छन्, ‘एमसीसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानको चर्चा नगरी आँखा चिम्लेर अनुमोदन गर्नुपर्छ भनी वक्तव्य दिने शेखर गोल्छा, विष्णु अग्रवाल र राजेन्द्र मल्ललाई हेरेर विदेशी शक्ति र पूँजीको दलाली गरेर स्वार्थ साधना गर्ने नेपालका पूँजीपति को हुन् भन्ने बहसमा विश्लेषण गर्न सहज हुन्छ कि?’

हिजो बुधबारमात्रै निजी क्षेत्रका व्यावसायिक संगठनले एमसीसी लागू गर्न माग गर्दै विज्ञप्ति जारी गरेका थिए। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसीसी पास गर्न माग गरेका हुन्। 

‘कोभिड–१९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल एमसीसी पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवाला समक्ष आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।


प्रकाशित: Oct 07, 2021| 20:09 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...