शुक्रबार, भदौ ५, २०८३

माधव नेपालको पार्टीले पनि टुंग्याउन सकेन मन्त्रीको नाम

सरकार गठन भएको तीन महिना पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेका समयमा दलहरुलाई भने मन्त्रीहरुको नाम टुंगो लगाउनै सकस भइरहेको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- सरकार गठन भएको तीन महिना पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेका समयमा दलहरुलाई भने मन्त्रीहरुको नाम टुंगो लगाउनै सकस भइरहेको छ। 

माधव नेपाल नेतृत्वको  नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टीले सरकारमा जाने मन्त्रीको नाम बिहीबार पनि टुंगो लगाउन सकेन।

नेकपा एकिकृत समाजवादी पार्टीको काठमाडौंमा बसेको स्थायी समितिको बैठकले  सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने अपेक्षा गरिएको थियो। 

केहीबेर अघि सम्पन्‍न बैठकपछि सञ्‍चारकर्मीहरु कुरा गर्दै प्रवक्ता जगन्‍नाथ खतिवडाले शुक्रबार बस्ने पार्टी केन्द्रीय सचिवालयको बैठकले  सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए। सत्ता साझेदार दलहरु बीच मन्त्रालय भागबन्डा मिलाउदा जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एकिकृत समाजवादीले असन्तुष्टि जनाउँदै आएको छ। अहिले भएको सहमति अनुसार नेकपा एकिकृत समाजवादी पार्टीले सहरी विकाश मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने  भएको छ भने एक राज्य मन्त्रि राख्न पाउने छ। 

यस्तै स्थायी समितिको बैठकले पार्टीको विभिन्‍न विभागमा रहने पदाधिकारी र संख्याको टुंगो लगाएको छ। पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरि २५ सदस्य रहने निर्णय गरेको छ। यस्तै बैठकले पार्टी पदाधिकारीमा ४ जना नेताहरुलाई मनोनयन गरेको छ। 

उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरुमा गरिमा शाह, जीवनराम श्रेष्ठ र भागवत विश्वाशलाई मनोनयन गरेको छ। यस्तै स्थायी समितिको बैठकले बेदुराम भुषालको नेतृत्वमा रहने पाँच सदस्य केन्द्रीय कार्यालय र ११ सदस्य केन्द्रीय सचिवालय बनाउने निर्णय गरेको छ। केन्द्रीय सचिवालयलाई स्थायी समितिको बैठक बस्‍न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए। बैठकले पार्टी संरचनाको विभिन्‍न निकायमा रहने पदाधिकारी र संख्यालाई पनि टुंगो लगाएको छ।


प्रकाशित: Oct 07, 2021| 19:39 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...