आइतबार, माघ ४, २०८२

भैरहवालाई हराएर पोखरा राइनोज ईपीएलको फाइनलमा

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो क्वालिफायर खेल पोखराले जितेको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो क्वालिफायर खेल पोखराले जितेको छ। 

National life

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पोखराले भैरहवामाथि ७ विकेटले जित निकालेको हो। टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ११९ रन बनाएको थियो। जितका लागि १२० रनको लक्ष्यसहित मैदान उत्रेको पोखराले १८.२ बलमा १२३ रन बनाउँदै लक्ष्य भेटाएको हो।

पोखराका लागि बायाँ हाते ब्याट्सम्यान सहान आराङ्गेले नटआउट ५३ रन बनाए। फितलो ब्याटिङ गरेको भैरहवाले फिल्डिङ समेत कमजोर गर्दा पोखराले सहज जित निकालेको हो। छोटो अवधिमै ३ विकेट गुमाएको पोखरा एक समय निकै दबाबमा परेको थियो। त्यसपछि भैरहवाका फिल्डरले लागातार एकपछि अर्को गर्दै ३ क्याच ड्रप गरेपछि पोखरालाई जित सहज भएको हो। 

प्रतियोगिता अन्तर्गत शनिबार फाइनल खेल हुने छ। शनिबार चितवन र पोखराले फाइनल खेल्नेछन्। फाइनल जित्नेले ५० लाख नगदसहित ट्रफी जित्ने छ।


प्रकाशित: Oct 07, 2021| 16:16 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।