शुक्रबार, भदौ ५, २०८३

कांग्रेसले यसपल्ट चियापान कार्यक्रम नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं– नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएका हुन्।

विज्ञप्तिमा पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि अपिल गरिएको छ।

विज्ञप्तिमा सरकारले खोपको प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख छ। विज्ञप्तिमा उल्लेख छ, ‘खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो।’ कांग्रेसले दसैं, तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना व्यक्त गरेको छ।




प्रकाशित: Oct 07, 2021| 16:04 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...