काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी छ। मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेका बेला गठबन्धनको बैठक बसेको हो।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बैठक सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।