शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'कांग्रेसमा सुकिला–मुकिलाको वर्चस्व हुँदा मरिमेट्ने योद्धाहरू ओझेलमा'

'कांग्रेसमा सुकिला–मुकिलाको वर्चस्व हुँदा मरिमेट्ने योद्धाहरू ओझेलमा'

कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको निधनसँगै कांग्रेसमा सिद्धान्त बमोजिमको आचरण गर्ने नेतृत्व खड्किएको सरोकारवालाहरूको भनाइ छ। पार्टीमा त्याग गरेका योग्य र क्षमतावान कार्यकर्ता ओझेलमा परेका बताइएको छ। पार्टीमा ठेक्कापट्टा र व्यवसायीक पृष्ठभूमिका मानिस नेतृत्वमाथि हाबी हुँदै गएको आम कार्यकर्ताको बुझाइ छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको निधनसँगै कांग्रेसमा सिद्धान्त बमोजिमको आचरण गर्ने नेतृत्व खड्किएको सरोकारवालाहरूको भनाइ छ। पार्टीमा त्याग गरेका योग्य र क्षमतावान कार्यकर्ता ओझेलमा परेका बताइएको छ। पार्टीमा ठेक्कापट्टा र व्यवसायीक पृष्ठभूमिका मानिस नेतृत्वमाथि हाबी हुँदै गएको आम कार्यकर्ताको बुझाइ छ।

कांग्रेसका संस्थापक विपीले कोइरालाले भनेको आजको सन्दर्भमा मेल खाइरहेको कार्यकर्ताहरूले बताइरहेका छन्। विपीको दूरदर्शिताका बारेमा प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थले भने, 'कुनै दिन सुकिला–मुकिलाले कांग्रेसको नेतृत्व लिने र पार्टीका लागि मरिमेट्ने योद्धाहरू पछि पर्ने छन् ।'

कांग्रेसमा अहिले देखिएको राजनीतिक अवस्थालाई नियाल्दा विपीले त्यो बेलामा भनेका कुरा उनलाई स्मरण हुन्छ। प्रजातन्त्रको रक्षाका लागि इमान्दार कार्यकर्ताहरूले सुकिला–मुकिलाहरूको विरुद्धमा आन्दोलनको झण्डा उठाएपछि मात्रै पार्टीका लागि आफ्नो जीवन सुम्पिएकाहरूले पार्टीमा स्थान पाउने कुरा विपीले त्यही बेलामा गरेको कायस्थ बताउँछन्।

‘भविष्यमा यो पार्टीमा सुकिला मुकिलाको हाबी हुनेछ, इमान्दार कार्यकर्ताहरु पनि छन्, तर भोलि त्यही पुराना इमानदार समर्पित कार्यकर्ताहरूले तिनकाविरुद्धमा विद्रोह गर्नुपर्छ, अनि मात्र पार्टीलाई सही बाटोमा ल्याउन सकिन्छ,’  विपीले भने।

पूर्व सांसद लेखनाथ न्यौपाने पनि पार्टीको अहिलेको अवस्था विपीले भनेको भन्दा फरक देख्दैनन्। अहिले नेपाली कांग्रेसका नेतृत्व तहका नेताहरूले नै आफ्नो नैतिकता बेचिरहेको उनको बुझाइ छ। कांग्रेस, कम्युनिष्ट, राप्रपा जति पार्टी भए पनि इमान्दारीपूर्वक काम नगरेको गुनासो पोख्दै उनले अहिलेका नेतामा तैंले भन्दा धेरै पैसा मैले खर्च गर्नसक्छु भन्ने घमण्ड रहेको उनी बताउँछन्।

यति बेला कांग्रेसमा दुःख पाएका इमान्दार योग्य कार्यकर्तामाथि न्याय नभएको अवाज उठिरहेको छ। स्वार्थ समूह पार्टी र सरकारमा हाबी हुँदै गएपछि आम कार्यकर्ताहरूले सुकिला मुकिलाबाट अपमानीत महशुस भइरहेको बताइरहेका छन्। 
‘अहिले पार्टीका हरेक निकायमा सुकिला मुकिला नै हाबी त छन् नी । अपवादलाई छोड्ने हो भने इमान्दार कार्यकर्ताले कही कतै स्थान पाएका छैनन् । पैसावालहरू हाबी हुँदै गएकाले पार्टीमा नैतिकताको राजनीति कमजोर हुँदै गएको छ । यो प्रवृति रोक्न सकिएन भने कांग्रेस संकटमा पर्नेछ,’  पूर्व सांसद न्यौपानेले भने।

यति बेला कांग्रेसमा दुःख पाएका इमान्दार योग्य कार्यकर्तामाथि न्याय नभएको अवाज उठिरहेको छ। स्वार्थ समूह पार्टी र सरकारमा हाबी हुँदै गएपछि आम कार्यकर्ताहरूले सुकिला मुकिलाबाट अपमानीत महसुस भइरहेको बताइरहेका छन्। 

कांग्रेसमा अहिले पार्टीमा माफियाहरूले कब्जा गरेको भन्दै राजनीतिक विश्लेषक डा. विनोद भट्टराईले यसरी नेपाली कांग्रेसका संस्थापक नेता बिपी र उनको नेतृत्वमा स्थापना भएको नेपाली कांग्रेस पार्टीको अहिलेको अवस्थाको चर्चा गरेका छन्।

विपीलाई सम्झँदै राजनीतिक विश्लेषक भट्टराईले भन्छन्, ‘विपीले सुकिला मुकिला भनेको भेष्टेड इन्ट्रष्ट विकास हुँदै जान्छन्। तिनीहरूले पार्टीका तलदेखि माथिका निकाय कब्जा गर्दै जान्छन्। जुन मैले तपाईलाई भने मठाधीस, माफिया, दुई नम्बरीहरुले पार्टीको संयन्त्रमा कब्जा गर्छन्। नेताहरूलाई नियन्त्रण गर्छन्। खरिद गर्छन्।' 

आफ्नो स्वार्थ पूर्तिका लागि पार्टीलाई प्रयोग गर्नू दुखद् रहेको उनको भनाइ छ। त्यसलाई रोक्नका लागि इमान्दार कार्यकर्ता सचेत हुनुपर्ने उनले बताए। 'अहिले पार्टीमा ६०/७० प्रतिशत इमान्दार मानिस छन्। उनीहरू आर्थिक रुपले जर्जर छन्। तिनीहरू चुनाव लड्न सक्ने अवस्थामा छैनन्। चुनाव लड्नु पर्‍यो भने भएको घर खेत बेच्नु पर्ने अवस्थामा छन्', उनले भने।

यस्तो अवस्थाले दुःख गरेर जेल नेल खाए नेताहरू ओझेलमा पर्ने अवस्था आएको उनको भनाइ छ। यो प्रवृत्ति रोकिएन भने दुर्भाग्यपपूर्ण अवस्था आउन सक्ने भट्टराई बताउँछन्।

प्रकाशित: Oct 07, 2021| 13:21 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...