काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीले पार्टी परित्याग गर्दै नेकपा एकीकृत समाजवादी रोजेका छन्।
पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए। जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए।
उनले राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका छन्।