काठमाडौं- राति तारा झरेको धेरै मानिसले अनुभव गरेका हुन्छन्। विज्ञानका अनुसार ती वस्तुहरु तारा नभएर आकाशीय पिण्ड ‘उल्का’ हुन्। अंग्रेजीमा तिनलाई ‘सुटिङ स्टार’ भनिन्छ।
सुटिङ स्टार कसरी जन्मन्छन्रु मनमा प्रश्न उब्जन सक्छ। सौर्यमण्डलमा सूर्य, ग्रह र उपग्रहबाहेक उल्का पनि हुन्छन्। जसलाई अंग्रेजीमा ‘मेटर’, ‘मेटेरोइड’ वा ‘मेटोराइट’ भन्ने गरिन्छ। उल्काले अन्य ग्रहले जस्तै सूर्यको परिक्रमा गरिरहेका हुन्छन्। तर ती आफ्नो यात्रामा कायम रहन सक्दैनन्। उल्का ठूला पिण्डको नजिक आए ठूला पिण्डकै प्रेममा परिहाल्छन् र त्यतै दर्गुछन्। यदि उल्का पृथ्वीको गुरुत्व क्षेत्रमा आएमा हामीतर्फ आकर्षित हुन्छन्। तिनै उल्का जमिनमा आउँदा वायुमण्डलको घर्षणले चम्किन्छन्। त्यसलाई नै तारा खसेजस्तो देखिन्छ। उल्काहरु जमिनसम्म आइपुगे पछि ‘उल्का पिण्ड’ का रूपमा चिनिन्छन्।
आकाशमा घुमिरहने ती उल्का कुनैकुनै मोटाघाटा पनि हुन्छन्। ठूला आयतनका। ठूलो पिण्ड भएका। त्यसलाई चाहिँ अर्कै नामले चिनिन्छ( क्षुद्र ग्रह। क्षुद्र ग्रह कोही बेला नामजस्तै क्षुद्र हुने गर्छ।
एकपटक एक क्षुद्र ग्रह र पृथ्वीको प्रेम यति उत्कर्षमा पुग्यो, त्यो क्षुद्र ग्रहले पृथ्वीलाई अंकमाल गर्न यहीँ आइपुग्यो। मिति चाहिँ १९०८। अर्थात् ११३ वर्षअघि। महिना र तारिक चाहिँ आजकै अर्थात् जुन ३०।
पृथ्वी र क्षुद्र ग्रहको प्रेमले रसियाको टुंगस्का नदी आसपासको २ हजार १५० वर्गकिमी क्षेत्रमा विध्वंश मच्चायो। आसपासका वनजंगल र भवन पूर्ण रुपमा क्षति भए भने तीन जनाको ज्यान गएको शंका गरियो। त्यसलाई टुंगस्का इभेन्ट भनेर चिनिन्छ। विज्ञानको शब्दमा यो ‘इम्प्याक्ट इभेन्ट’ हो। खगोल विज्ञानका अनुसार यस्ता घटना दिनहुँ भइरहन्छन्। यो नियमित प्रक्रिया जस्तै हो। विज्ञानको दृष्टिमा सामान्य भएपनि पृथ्वीका जीवका लागि त्यो भयावह घटना थियो।
विश्वमा त्यो घटनालाई सबैभन्दा विध्वंशकारी क्षुद्र ग्रहको घटना मानिन्छ। त्यसैले त्यो दिनको सम्झनामा हरेक वर्षको जुन ३० तारिखमा विश्वभर ‘एस्ट्रोइड डे’ अर्थात् ‘क्षुद्र ग्रह दिवस’ मनाइन्छ। घटना एक शताब्दीअघिकै भए पनि यो दिवस सन् २०१४ मा मात्र सुरु भएको हो।
टुंगस्का घटनाका प्रत्यक्षदर्शीको सम्झना
टुंगस्काको ६५ किमी दक्षिण बस्ने एस सिमोनभले बिहान ९ बजेतिर उत्तरतर्फ आकाश दुई भागमा विभाजन भएको देखेका थिए। त्यसपछि त्यहाँको जंगलमा ठूलो आगो लाग्न सुरु भयो। केही क्षणमै तापक्रम अत्यधिक बढेको उनले महसुस गरे। उनलाई लाग्यो कि आफैँले लगाएको टिसर्ट आगोमा जलिरहेको छ।
त्यसपछि ठूलो ध्वनिसँगै जमिनको हलचलले उनी होस गुमाउँदै पछारिए। उनलाई श्रीमतीले घरभित्र लगिन्। पछि हेर्दा धेरै झ्यालहरू फुटेका थिए। त्यहाँ ढुंगाका कणहरु भेटिएका थिए।
अर्का प्रत्यक्षदर्शी चुचनको भनाइमा उनी र उनका भाइ सुतिरहेका थिए। अकस्मात् सँगै उठे। कसैले उनीहरुलाई जोड्ले हल्लाएजस्तो लाग्यो। उनीहरुले सिट्ठी बजेजस्तो सुने र ठूलो हुरी आएको महसुस गरे। बाहिर चराहरु यताउता गर्दै कराइरहेका थिए। उनीहरुलाई पनि अत्यधिक गर्मी महसुस भयो।
उनीहरु डराएर बुबालाई बोलाउन थाले। उनी हल्लिरहेको घरबाट बाहिर निस्किएर हेर्दा अर्को सूर्य नजिकै आइपुगेजस्तो देखेको बताएका थिए। पटकपटक गर्जन सुनिएको थियो।
सिविर नामक समाचारपत्रअनुसार २१३ किमी टाढा रहेको करेलिन्स्की गाउँबाट आकाशमा एउटा ठूलो चम्किलो वस्तु पृथ्वीतिर आउँदै गरेको देखिएको थियो। निलो–सेतो वस्तु ठूलोठूलो हुँदै झर्दै थियो। तर त्यो गोलो नभएर पाइप आकारमा देखिन्थ्यो।
जब त्यो वस्तु जंगलमा झर्योो धुलोमा परिणत भयो। केही अघिसम्म सफा रहेको आकाश बादलले भरियो। त्यसपछि पटकपटक गर्जन सुनियो। त्यहाँ रहेको जंगल क्षणभरमै कालो बादलको मुस्लोमा परिणत भयो। त्यसपछि बयान गर्न नसकिने आकारमा आगो बल्न सुरु भयो। कतिले त त्यो घटनालाई पृथ्वीको अन्त्यका रुपमा पनि सोचेका थिए।
यस्ता घटना हुन नदिन सम्भव छ?
त्यो घटनाको अध्ययनपछि थाहा भयो, पृथ्वीमा झरेको त्यो एउटा सानो क्षुद्रगह मात्र थियो। यस्ता उल्का वा क्षुद्रगह पृथ्वीमा खसिरहने गरेका छन्। २१औं शताब्दीमा पनि २००६ मा नर्वेमा, २००७ मा पेरुमा, २००८ मा सुडानमा क्षुद्र ग्रह खसेका थिए। अन्तरिक्षमा देखिन धेरै आगोका डल्लाहरु पृथ्वीको नजिकसम्म आएर घर्षण हुँदै सकिने गरेका पनि छन्।
बर्सेनि धेरै संख्यामा उल्का र उल्का पिण्डहरू पृथ्वीतर्फ झर्ने गरेका छन्। तर टुंगस्काको यस्तो विध्वंसपछि चाहिँ त्यस्ता घटनाबाट टाढा रहन वैज्ञानिकले प्रयास थालेका छन्।
समान्यजस्तो देखिने यो जटिल प्रक्रिया भएकाले रोक्न गाह्रो हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटी ९नासो०का अध्यक्ष सुरेश भट्टराई बताउँछन्। ‘रोक्न सफल भएको छ वा छैन जानकारीमा आइसकेको छैन। यसबारे बहस चाहिँ जारी छ। यसलाई रोक्ने दुई उपाय छन्। एउटा यसलाई कुनै वस्तुसँग ठोक्काएर अन्तरिक्षमा नै ध्वस्त पार्ने। अर्को चाहिँ गुरुत्वविरुद्धको बल प्रयोग गरेर त्यसको बाटो परिवर्तन गर्ने। त्यसको अध्ययन हुँदैछ,ु उनी भन्छन्। उनका अनुसार क्षुद्र ग्रहको विषय विश्वका धेरै मानिसम्म पुर्याउउन क्षूद्रग्रह दिवस मनाउन थालिएको हो।
नेपालमा मनाइएको क्षुद्र ग्रह दिवस।
केही समय अघि पनि नासा र युरोपेली वैज्ञानिकको संयुक्त प्रयासमा पृथ्वीतर्फ आउँदै गरेको एक क्षुद्र ग्रहलाई ३५ मिलियन माइल टाढा भएकै अवस्थामा पत्ता लगाएका थिए। त्यसको थप अध्ययन गरेपछि थाहा भयो कि क्षुद्र ग्रहलाई ६ महिनासम्ममा रोक्न सक्ने कुनै प्रविधि पृथ्वीमा थिएन। र, त्यो क्षुद्र ग्रह युरोपको पूर्वतिर झर्यो ।
‘यस्ता घटनाले प्लानेटरी डिफेन्स कम्युनिटीको संचारमा सहयोग पुग्छ। हामीले सरकारको सहयोगमा सम्भावित घटनाबाट जोगिन सक्छौं,’ नासाका प्लानेटरी डिफेन्स अफिसर लिन्डले जोहान्सनले बिजनेस इन्साइडरसँग भनेका छन्।
तर क्षुद्र ग्रह पृथ्वीसम्म आइपुग्न रोक्नका लागि ६ महिनाको समय भने कम हुने उनी बताउँछन्। कतिपय क्षुद्र ग्रह चाँडैपत्ता लाग्छन् कतिपय पत्ता लगाउन ढिलो भइसकेको हुन्छ।
‘क्षुद्र ग्रहको अध्ययनका लागि कतिपय देशले त्यहाँ रकेट पठाएर अध्ययन पनि गरिरहेका छन,’ नासोका अध्यक्ष भट्टराई भन्छन्, ‘क्षुद्र ग्रहबाहेक हामीले अन्तरिक्षमा पठाएका विमान काम गर्न नसक्ने अवस्थामा भएर पृथ्वीमा खस्ने सम्भावना पनि अर्को समस्या कामय छ। अहिले यी दुई समस्याको समाधानबारे अध्ययन भइरहेको छ।’
नेपालमा बसेर कसरी पत्ता लगाउने क्षुद्र ग्रह?
टेलिस्कोपमार्फत् हेरेर क्षुद्र ग्रह पत्ता लगाउने काम नेपालबाट पनि हुन थालेको छ। तर नेपालमा क्षुद्र ग्रहको तस्बिर खिच्ने टेलिस्कोप भने छैन। ‘यहाँ ९नेपाल०बाट अन्तरिक्षको कम्प्युटेसनल अध्ययन हुने हो। हामीसँग कम्प्युटर र इन्टनेट मात्र हुन्छ। टेलिस्कोप चाहिँ अमरिकाको हवाईमा छ। त्यहाँको टेलिस्कोपले खिचेको तस्बिर हामीलाई पठाउँछ र हामी त्यसबाट क्षुद्र ग्रह पत्ता लगाउँछौं,’ नासोका अध्यक्ष सुरेश भट्टराई बताउँछन्।
नेपालमा भएको टेलिस्कोपले अन्तरिक्षको धेरै अध्ययन गर्न मिल्दैन। नगरकोटको राष्ट्रिय वेधशालामा भएको टेलिस्कोप पनि अहिले राम्रो काम गर्ने अवस्थामा छैन। अहिलेसम्म नेपालबाट कुल एक हजार १९४ क्षुद्र ग्रहको प्रारम्भिक पहिचान भएको छ। ‘हामीले २०१६ बाट क्षुद्र ग्रह पत्ता लगाउने काम सुरु गरेका छौं। अहिलेसम्म ११ वटा क्षुद्र ग्रहले अस्थाई नाम पनि पाएका छन्। त्यसमध्येको एउटा चाहिँ पृथ्वीतर्फ आउन सक्ने अनुमान गरिएको छ,’ नासो अध्यक्ष भट्टराई भन्छन्।
क्षुद्र ग्रह दिवसका कार्यक्रम
ुक्षुद्र ग्रह दिवसुमा त्यही टुंगस्का घटनालाई सम्झान गरिन्छ। विश्वभर क्षुद्र ग्रह सम्बन्धी जनचेतना जगाउने काम यो दिन मनाउनुको मुख्य उद्देश्य नै हो। यो २०१४ डिसेम्बर ३ मा सय जना विश्वचर्चित वैज्ञानिक र एस्ट्रोनटले सुरु गरेको यो दिवस २०१६ डिसेम्बरमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय मान्यता दिएको थियो। यो वर्ष सातौं क्षुद्र ग्रह दिवस मनाइँदै छ। बुधबार साँझ नासोले नेपालमा क्षुद्र ग्रहसम्बन्धी अन्तक्रिया गरेर यो दिवस मनाएको छ।