शुक्रबार, भदौ ५, २०८३

आजै मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी

सत्ता गठबन्धनले आजै मन्त्रिपरिषद् विस्तरको तयारी थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मन्त्री बिस्तारको तयारीमा जुटेका हुन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- सत्ता गठबन्धनले आजै मन्त्रिपरिषद् विस्तरको तयारी थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मन्त्री बिस्तारको तयारीमा जुटेका हुन्।

माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री हुनेहरूको नाम टुंगो लगाइसकेको छ। जनता समाजवादी पार्टी (जसपा)का नेता बिहानैदेखि मन्त्रीको सूची तयार पार्न जुटिरहेको छ।  बिहानै अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलगायत नेताहरू मन्त्रीको टुंगो लगाउन छलफलमा छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। उनले एक टेलिभिजनको उद्घाटन कार्यक्रममा बोल्दै आजै मन्त्रीको शपथ हुने बताएका हुन्।

एकीकृत समाजवादी पार्टीले भने थोरै मात्रै मन्त्रालय पाएको भन्दै असन्तुष्टि जनाएको छ। एकीकृत समाजवादीको असन्तुष्टिपछि गठबन्धनका नेताहरू फेरी मन्त्रालयका बारेमा आजै छलफलमा छुट्ने बालुवाटार स्रोतले बताएको छ। 

नेपाली कांग्रेस भित्र पनि मन्त्री हुने नेताहरूको टुंगो लागिसकेको छैन। नेताहरूले छलफल गरे पनि ठोस निष्कर्ष निस्किन नसकेको हो। बुधबार बालुवाटारमा बसेको कांग्रेसको पदाधिकारी बैठकमा सहमति नभएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिचमै बैठक बहिष्कार गरेको थियो। पौडेल समूहले तीन मन्त्री मागिरहेको छ।

प्रकाशित: Oct 07, 2021| 10:26 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...