शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी बचाउने मन्त्र भन्दै मिलन पाण्डेले जारी गरे ३९ पृष्ठको दस्तावेज

पार्टी बचाउने मन्त्र भन्दै मिलन पाण्डेले जारी गरे ३९ पृष्ठको दस्तावेज

विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले पार्टी बचाउने मन्त्र भन्दै नयाँ दस्तावेज ल्याएका छन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले पार्टी बचाउने मन्त्र भन्दै नयाँ दस्तावेज ल्याएका छन्।

पाण्डेले जारी गरेको दस्तावेजमा व्यक्तिभन्दा माथि विधि भयो भने राजनीतिक निकास निस्किने जनाएका छन्। उनले पार्टी निर्माण र कार्यदिशाबारे गम्भीर तथा निर्मम समिक्षा गर्नुपर्ने बताएका छन्।

पार्टीलाई विधि, विधान र एकीकरण सम्झौता पत्र अनुरुप चलाउन पनि उनले आग्रह गरेका छन्। उनले पार्टीलाई विधि र विधान अनुरुप चलाउन नसक्ने भए पार्टी अध्यक्ष र संयोजक दुवैले राजीनामा दिनुपर्ने सर्त अगाडि सारेका छन्।

'पार्टी विभाजन र नेतृत्व पलायन रोकौं, महाधिवेशन आयोजक समिति बनाऔं, एकता महाधिवेशनमा जऔं', उनले भनेका छन्।

उनले पार्टीमा के भइरहेको छ भन्ने कसैलाई थाहा नभएको र एउटा सशक्त पार्टी बनाउने अभियानमा क्षणिक रूपमा ब्रेक लागेको बताएका छन्।

यस्तो छ पाण्डेले जारी गरेको दस्तावेज

प्रकाशित: Oct 07, 2021| 09:25 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...