शुक्रबार, भदौ ५, २०८३

मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही निर्वाचित

नेपाली कांग्रेस मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। प्रधानमन्त्री एवं पार्टी सभापति पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराएका हुन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- नेपाली कांग्रेस मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। प्रधानमन्त्री एवं पार्टी सभापति पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराएका हुन्। 

विजयी ऐनले ४ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्गले ३ सय ५० मतमा चित्त बुझाए। कूल ७ सय ५६ मत खसेकामा १६ मत बदर भएको छ।

अन्य पदाधिकारीमा पनि देउवा पक्षकै वर्चस्व छ। उपसभापतिमा कर्ण रावल र हरिजंग शाही विजयी भएका छन्। सचिवमा जन्मजया भण्डारी र लोकेन्द्रबहादुर मल्ल विजयी भएका छन्। 

मुगुका निर्वाचन क्षेत्रमा पनि देउवा पक्षले जितेको छ। प्रदेश ‘क’मा कार्मा फुल्जोक लामा र ‘ख’मा लोकराज दाहाल सभापति बनेका छन्। 

मुगुमा देउवा पक्षले सभापति, उपसभापति, दुई सचिव, एक सहसचिव, १३ सदस्य र १७ महाधिवेशन प्रतिनिधि हात पारेको छ।

प्रकाशित: Oct 07, 2021| 08:08 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...