सोमबार, असार २२, २०८३

गलाकमा भोला च्याम्पियन

गलाक मुवाँथाइ क्लबका भोलाकुमार राई प्रथम गलाक मुवाँथाई फाइटको पुरुष ६० केजीमा बुधबार च्याम्पियन बनेका छन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- गलाक मुवाँथाइ क्लबका भोलाकुमार राई प्रथम गलाक मुवाँथाई फाइटको पुरुष ६० केजीमा बुधबार च्याम्पियन बनेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भोलाले फ्रेन्डसिप वेल्फेयरका विवेक गडाललाई पराजित गरेका हुन्।

राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रालिद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा गोकर्णेश्वर मुवाँथाइ क्लबका लाक्पा तामाङले सुकेधारा मुवाँथाइ क्लबका आनन्द राईलाई हराएका हुन्। 

पुरुष ५६ केजीमा केन्द्रीय मुवाँथाइ क्लबका सन्दीप तामाङले गोकर्णेश्वरका दावा फुन्जु शेर्पालाई पाखा लगाए। पुरुष ६३ केजीमा जिमखानाका करण बज्राचार्यले गोकर्णेश्वरका अब्राहम राईको चुनौती पन्छाए।

पुरुष ५१ केजीमा सुकेधाराका तेज मगरले सुकेधाराकै यमन मोक्तान, ७२ केजीमा गोकर्णेश्वरका नवराज पराजुलीले गलाकका सलोन लेप्चा तथा ६५ केजीमा सुकेधाराका प्रवेश घिसिङले केन्द्रीयका एमडी रायनलाई पराजित गरे।

एकदिने फाइटअन्तर्गत पुरुषतर्फ मात्र ७ स्पर्धामा भिडन्त भएको थियो। प्रतिस्पर्धालाई स्तरीय बनाउन प्रत्येक स्पर्धामा समान २–२ खेलाडीबीच प्रतिस्पर्धा गराइएको आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन्।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई काठमाडौंमै तीन महिनापछि हुने गलाक ग्रान्ड च्याम्पियनसिपका लागि छनोट गरिने छ। त्यस्तै उत्कृष्ट दुई खेलाडीलाई गलाकले अनुबन्ध गर्ने अध्यक्ष कक्षपतिले बताए।

प्रकाशित: Oct 07, 2021| 07:54 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।