शुक्रबार, भदौ ५, २०८३

वाग्मती प्रदेशमा २४ गते हिउँदे अधिवेशन आह्वान

वाग्मती प्रदेश सरकारले आगामी २४ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- वाग्मती प्रदेश सरकारले आगामी २४ गते प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले जानकारी दिए। 

शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै गत भदौ ११ गते शुक्रबार प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको थियो। प्रदेशमा एकल बहुमत रहेको एमाले विभाजन भएर १३ जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै अष्टलक्ष्मी नेतृत्वको सरकार अल्पमत परेको थियो। सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ।

वाग्मती प्रदेशमा हाल १०९ जना सदस्य छन्। जसमध्ये सभामुखसहित ५६ सदस्य रहेको एमालेकोतर्फबाट एकल बहुमतको सरकार बनाएकी मुख्यमन्त्री शाक्यसँग हाल ४३ जना सदस्य मात्र छन्। सरकार टिकाउन ५५ प्रदेशसभा सदस्यको आवश्यकता पर्छ। 

प्रदेशसभामा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२, नेकपा (एस) को  १३ र स्वतन्त्र एकजना गरी विपक्षी गठबन्धनमा ५९ मत रहेको छ। सदनमा तीन मत रहेको विवेकशील साझा पार्टीले पनि मुख्यमन्त्री शाक्यलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ। 

प्रकाशित: Oct 07, 2021| 06:48 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...