सोमबार, असार २२, २०८३

दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कात्तिक २९ देखि

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कात्तिक २९ देखि मंसीर ३ गतेसम्म हुने भएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कात्तिक २९ देखि मंसीर ३ गतेसम्म हुने भएको छ। 

बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो। 

पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लव, जिल्लाहरुबाट सहभागी हुने खेलाडीहरु यसअघि नेपाल बक्सिङ संघको आयोजनामा भएका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी बनेको हुनुपर्ने बताए। 

प्रतियोगिता आईबाको नियमानुसार खेलाइने बताउँदै प्रवक्ता अवालेले आईबाका नियमानुसार भएका पुरुष तथा महिलाको सम्पूर्ण तौल समूहमा खेल हुने जानकारी दिए। 

पुरुषतर्फ ४८, ५१, ५४, ५७, ६०, ६३, ६५, ६७, ७१, ७५, ८०, ८६, ९२ र त्यो भन्दा माथिको उमेरसमूहमा खेल हुनेछन् भने महिलातर्फ ४८, ५०, ५२, ५४, ५७, ६०, ६३ र ६६ किलो तौल समूहमा खेल खेलाइनेछ। 


प्रत्येक तौल समूहमा कम्तिमा १० हजार नगर पुरस्कार दिने भनिएको भएपनि प्रायोजक बढेको खण्डमा त्यो भन्दा धेरै पुरस्कार दिइने व्यवस्था रहेको बताए। 


प्रकाशित: Oct 06, 2021| 21:40 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।