आइतबार, जेठ १७, २०८३

उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त

पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया बालिकाको उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

फिदिम- पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शव उठाउन अस्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कारवाहीको माग राख्दै नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको छ। 

National life

पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया बालिकाको उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन्।

मङ्गलबार अस्पताल भर्ना भएकी बालिका आज ठिक भएपछि घर पठाउने तयारी भइरहेकै अवस्थामा आज बिहान उपचारकै क्रममा सुई लगाइएपछि अचानक बेहोस भएकी थिइन्। लगत्तै उनको मृत्यु भएको थियो।

मृतक बालिकाका आफन्तले स्वास्थ्यकर्मीले गलत औषधि प्रयोग गर्नाले बालिकाको ज्यान गएको आरोप लगाएका छन्। स्वास्थ्यकर्मीले औषधिको प्रयोगपछि हुने आकस्मिक प्रतिक्रियाका कारण बालिकाको ज्यान गएको हुनसक्ने बताएका छन्। यद्यपि यस विषयमा जिल्ला अस्पतालले आधिकारिक जानकारी गराउन बाँकी छ। 

बिहानदेखि तनावग्रस्त बनेको अस्पताल अझै शान्त हुन सकेको छैन। घटनाका सम्बन्धमा बिहानबाटै छलफल भइरहे पनि समाधानमा पुग्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिए। -रासस

Shivam cement

प्रकाशित: Oct 06, 2021| 20:47 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।