काठमाडौं- नेपाली कांग्रेसको क्रियाशील विवाद समाधानको माग गर्दै आमरण अनसनमा बसेका एकजनालाई प्रहरीले अस्पताल लगेको छ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेमा आमरण अनसनमा बसेका राम गोविन्द राय यादवलाई अहिले प्रहीले अस्पताल लगेको नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति लक्ष्मण रायले जानकारी दिए।
कांग्रेसले बारा, रौतहट र रसुवाको क्रियाशील सदस्यता अझै टुंग्याउन सकेको छैन। क्रियाशील विवाद समाधान गर्नुपर्ने, विधान निर्देशिका विपरित सदस्यता थपिएकाहरुको नाम हटाउनुपर्ने माग गर्दै सानेपामा बारा र रौतहटका नेता कार्यकर्ता लामो समयदेखि अनसनमा छन्।
तर, प्रहरीले बुधबार बेलुका अनसनमा रहेका राम गोविन्द राय यादवलाई अहिले प्रहीले अस्पताल लाने भनेर लगेको बताएका छन्। यादव सर्लाही क्षेत्र नम्बर बसबरिया गापा -१ का नेता हुन्।
रायले भने, 'अहिले केही साथीहरू पार्टी कार्यालयमै हुनुहुन्छ। मात्रै अरू मुख्यसचिवले तानावुना बुनेर कहाँ लग्यो? थाहा छैन। बिहानैदेखि मुख्य सचिवले साजिस गरेको गन्ध थाहा पाएका थियौं।
बालुवाटारमा बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी कार्यालय, सानेपामा जारी धर्ना र अनसनबारे नेतृत्वको ध्यानाकर्षण गराएको थियो।
नेता पौडेलले बालुवाटारमा बसेको बैठका ८० दिनदेखि सानेपामा पार्टीका नेता कार्यकर्ताहरु रिले अनसन र धर्नामा रहेको र सर्लाहीका नेताहरुले आमरण अनसन शुरु गरेका उल्लेख गर्दे पार्टीमा देखिएको क्रियाशील सदस्यताबारे सभापतिको ध्यानाकर्षण गराएको जानकारी दिएका थिए।
नेता पौडेलले क्रियाशील सदस्यताबारे आफूहरुले उठाएका मुद्दाबारे नेतृत्व भने संवेदनशील नदेखिएको आरोपसमेत लगाएका थिए।