काठमाडौं- नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ। माओवादी केन्द्रको मन्त्रीको नाम छनोटका लागि बसेको ;स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्रीलाई मन्त्री बनाउने टुंगो लगाएको हो।
माओवादी केन्द्रका एक नेताका अनुसार बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ। माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन् ।
माओवादी केन्द्रको भागमा पाँच मन्त्री र एक राज्यमन्त्री परेको थियो ।
नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने सहमति भएको थियो। माओवादीले यसअघि नै अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ।