काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कांग्रेस बैठकमा चर्काचर्की भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस बैठकमा क्रियाशील सदस्यताको विषयमा चर्काचर्की भएको हो।
नेताद्वयबीच रौतहट र सर्लाहीकोको क्रियाशील सदस्यताका विषयमा विवाद भएको थियो। यस विषयमा पौडेलसँग देउवाको चर्काचर्की भएपछि प्रकाशमान सिंहले पनि रामचन्द्र पौडेलले उठाएको कुरामा समर्थन जनाएका थिए।
यी दुवै ठाँउमा कांग्रेस कार्यकर्ता अनसनमा छन्। विवाद सकेर अनसन टुंगो लगाएर उनीहरुलाई दशैं मान्न दिनुपर्ने पौडेल र सिंहको भनाइ थियो। 'चिसो छिँडीमा बसेर बिरामी परेको विषय बैठकमा उठाउँदा सभापति देउवाले अस्पताल लैजानू' भनेका थिए।
तर पौडेल र सिंहले तत्काल प्रतिपाद गर्दै सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने हो भन्दै प्रश्न उठाएका थिए। 'राजनीतिक मुद्दा अस्पताल भर्ना गरेर समाधान हुन्छ? भन्दै पौडेल, सिंह र शशांक कोइरालाले एकसाथ सभापति देउवालाई सोधेका थिए।
चर्काचर्कीले केही समय बैठकको माहोल बिग्रिएको थियो। तर पछि विवाद समाधान उन्मुख भएको थियो। 'मुख्यसचिवलाई बोलाएर कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखकको क्रियाशील सदस्यता छानबिन समतिलिाई बोलाएर भोलिसम्म टुंगो लगाउने सहमति बनेको छ,' पौडेलको सचिवालयले भनेको छ।
यस्तै बैठकमा पौडेल समूहलेले तीन जना मन्त्री मागेको तर देउवाले दिन नसकिने बताएका थिए। मन्त्रीका बारेमा कुनै टुंगो नलागेपछि रामचन्द्र पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठकबाट उठेर हिँडेका थिए।