काठमाडौं– जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट काठमाडौं किंग्स इलेवेन बाहिरिएको छ। इलिमिनेटर खेलमा भैरहवा ग्ल्याडिएटर्ससँग १६ रनको हार बेहोर्दै काठमाडौं ईपीएलबाट बाहिरिएको हो।
अब दोस्रो क्वालिफायरको खेलमा विजेता भैरहवाले पहिलो क्वालिफायरमा पराजित पोखरा राइनोजसँग भोलि प्रतिस्पर्धा गर्नेछ। सो खेलको विजेताले फाइनलमा चितवन टाइगर्सको सामना गर्नेछ।