काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसको शीर्ष नेता र पदाधिकारीसहितको बैठक बालुवाटारमा सुरु भएको छ। पार्टीबाट मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो। बैठकले मन्त्री टुंगो लगाउने नेताहरुले बताएका छन्। सत्तारुढ दलहरुबीच मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटेको थियो। जस अनुसार कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बैठक गरिसकेको छ।
ग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल, डिला संग्रौला, देवेन्द्रराज कँडेल, भरत शाह लगायत मन्त्रीका आकांक्षी छन्। यद्यपि प्रधानमन्त्री देउवाले यसअघि तीन मन्त्री र एक राज्यमन्त्री बनाइसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षलाई समेट्नुपर्ने स्थितिमा संस्थापन समूहबाट मन्त्री थपिने सम्भावना कम छ।
संस्थापन इतर समूहबाट डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडू, विजय यादव, तेजुलाल चौधरीलगायत मन्त्रीका आकांक्षी छन्। उपप्रधानमन्त्री पाउने स्थितिमा महामन्त्री डा। शशांक कोइराला, प्रकाशमान सिंह र सुजता कोइरालामध्ये एक जनाको नेतृत्वमा सरकारमा जाने पौडेल समूहको तयारी छ। यद्यपि देउवा उपप्रधानमन्त्री बनाउने पक्षमा नरहेको स्रोतको दाबी छ। सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने सम्भावना छ।