बुधबार, मंसिर १२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • दसैंपछि संसदमा निष्कर्ष निकालौंला, ठण्डा भएर आउनुहोस् : मुख्यमन्त्री आचार्य

Siddartha premir insuranceSiddartha premir insurance

दसैंपछि संसदमा निष्कर्ष निकालौंला, ठण्डा भएर आउनुहोस् : मुख्यमन्त्री आचार्य

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैंपछि मात्र संसदमा निष्कर्ष निकालिने बताएका छन्।
 |  बुधबार, असोज २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

triton college
Metro Mart
vianet

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसैंपछि मात्र संसदमा निष्कर्ष निकालिने बताएका छन्। प्रदेशसभामा कसैको पनि स्पष्ट बहुमत नरहेको र बहुमत पुर्याएर कसैले पनि दाबी नगरेकाले संसदमा दसैंपछि मात्रै निष्कर्ष निस्कने बताएका छन्। 

प्रदेशसभा भवनको उद्घाटन कार्यक्रम बुधबार मुख्यमन्त्री आचार्यले संविधान मिचेर सरकार अघि नबढ्ने स्पष्ट पारे। उनले भने, ‘दसैंपछि ठण्डा भएर आउन प्रदेशसभा सदस्यहरुलाई आग्रह छ।’ संसदमा कुनै पनि राजनीतिक दलको बहुमत नरेहकाले थपक्क कसैलाई दिन सक्ने अवस्था नरहेको उनको दाबी छ। सरकार संविधानअनुसार चल्ने र संविधान नमिच्ने उनको भनाइ छ।

मुख्यमन्त्री आचार्यले पार्टी फुट्दैमा गालीगलौजमा उत्रिहाल्ने अवस्था नरहेको बताए। उनले भने, ‘राजनीतिक मुद्दामा एकै ठाउँमा हुनुपर्ने अवस्था पनि आउन सक्ने कुरालाई ख्याल गर्नुहोस्।’ नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्की, माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्वो, नेकपा एकीकृत समाजवादी दलका नेता राजेन्द्र राई, जनता समाजवादी पार्टी दलका नेता जयराम यादवले मार्गप्रशस्त गर्न मुख्यमन्त्री आचार्यलाई आग्रह गरेका थिए।

प्रकाशित: Oct 06, 2021| 17:04 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।