आइतबार, जेठ १७, २०८३

प्रदेश १ सरकारको पहिलो संरचना निर्माण

प्रदेश १ सरकार प्रदेशसभा भवन निर्माण गरेको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८
National life
Shivam cement

विराटनगर– प्रदेश १ सरकार प्रदेशसभा भवन निर्माण गरेको छ। प्रदेशसभाले झण्डै दुई तिहाइ समय बिताएपछि नयाँ भवन निर्माण गरेको हो। शिलान्यास भएको एक वर्षपछि प्रदेश सभा भवन निर्माण भएको छ। प्रदेश सभा भवनको मुख्यमन्त्री भीमप्रसाद आचार्यले उद्घाटन गरे। 

गत वर्ष असोज १ गते शिलान्यास गरेको भवन सुनसरी धरानको स्वामी नारायण निर्माण सेवाले निर्माण गरेको हो। निर्माण सेवाले भ्याटबाहेक २ करोड ५९ लाख २० हजार ९५६ रुपैयाँमा निर्माण सम्पन्न गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए।

उनका अनुसार प्रदेशसभा भवन अन्य खर्चतर्फ १६ लाख ४३ हजार ३७० को फर्निचर, १६ लाख ७७ हजार ११७ को साउन्ड सिस्टमा र १७ लाख ७६ हजार ९२५ रुपैयाँ आन्तरिक सजावटमा खर्च भएको छ। प्रदेशसभाका ८ वटा अधिवेशन जिल्ला समन्वय समितिको सभाहलबाट सञ्चालन गरिएको छ। संसदको नवौं अधिवेशन असोज २२ गतेदेखि सुरु हुँदैछ। सो अधिवेशन नयाँ भवनमा सञ्चालन हुने प्रदेशसभा सचिव पराजुलीले बताए। प्रदेश सभामा ११० वटा माइक जडित कुर्सी टेबल राखिएको छ।


प्रकाशित: Oct 06, 2021| 16:58 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।