शुक्रबार, भदौ ५, २०८३

जसपामा मन्त्री छान्ने जिम्मा तीन नेतालाई

पार्टीको कार्यकारिणी समितिको बुधबार बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको हो।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीको कार्यकारिणी समितिले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ। पार्टीको कार्यकारिणी समितिको बुधबार बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको हो। 

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधारसहित चार मन्त्रालय पाउने टुंगो यसअघि नै लागेको छ। नेता गंगानारायण श्रेष्ठले भने, ‘पार्टीबाट मन्त्री छान्ने जिम्मेवारी नेतात्रयलाई दिइएको छ।’

जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाउनेछ। 

जसपाबाट महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम मन्त्री बन्ने चर्चामा छ। यस्तै महन्थ ठाकुरको साथ छोडेर उपेन्द्र यादवको कित्तामा आइपुगेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज मिकरानी लगायतका सांसदले समेत आकांक्षा राखेका छन्।

प्रकाशित: Oct 06, 2021| 15:33 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...