आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल स्वस्तिश्री गुरुकुलको ब्रान्ड एम्वासडर

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल स्वस्तिश्री गुरुकुलको ब्रान्ड एम्वासडर

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्वासडर बनेका छन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्वासडर बनेका छन्। 

National life

अनिललाई बुधबार स्कुलले फुटबलको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो। दीर्घकालीन सम्झौतामा स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गर्दै आदान—प्रदान गरे।

सम्झौतापछि अनिलले खेलाडीलाई दिएको यो प्लेटफर्म र स्वस्तिश्री गुरुकुलसँग जोडिन पाउँदा खुशी लागेको बताए।  गुरुकुलका रामकृष्ण अध्यक्ष चित्रकारले यहाँ फुटबलसँगै फुटसल, बास्केटबल, स्वीमिङ र टेवल टेनिसको पूर्वाधार तयार रहेको स्वस्तिश्री गुरुकुल स्पोर्ट्स एकेडेमी स्पोर्ट्स हवको रुपमा बढाउने लक्ष्य रहेको सुनाए । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले सोही अवसरमा स्वस्तिश्री गुरुकुल हाताभित्रै निर्माण भएको फुटसल कोर्टको उद्घाटन गरेका छन्। कार्यक्रममा शिक्षक र अभिभावकबीच मैत्रीपुर्ण खेल खेलाइँदा अभिभावक टोली १—० ले विजयी भएको छ।

प्रकाशित: Oct 06, 2021| 15:02 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।