शुक्रबार, भदौ ५, २०८३

मन्त्री छान्न पौडेल समूहले बोलायो बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो भागमा परेका मन्त्रीको टुंगो लगाउन बैठक बोलाएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो भागमा परेका मन्त्रीको टुंगो लगाउन बैठक बोलाएको छ।

बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बस्नेगरी बैठक बोलाइएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाका मन्त्रीको टुंगो लगाउने तयारी गरेको हो।

पौडेल पक्षबाट मन्त्रीको चर्चामा सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, राजन केसी र तुलानारायण चौधरीको नाम चर्चामा छ। ती मध्ये दुईजनाको नाम मन्त्रीका लागि सिफारिस गरिने छ।

प्रकाशित: Oct 06, 2021| 12:41 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...