काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ। सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्न लागेको हो।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले मन्त्रिमण्डलमा पठाउने नेताहरूको टुंगो लगाउने बताइएको छ।
सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने सहमति भइए छ। अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको उसले अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउनेछ। माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।