शुक्रबार, भदौ ५, २०८३

कांग्रेस सहमहामन्त्री महत नेतृत्वको टोली भारत जाने

सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको नेपाली कांग्रेसको टोली बिहीबार भारत जाने भएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको नेपाली कांग्रेसको टोली बिहीबार भारत जाने भएको छ। भारतीय जनता पार्टीका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा महतको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गर्ने भएको हो।

महतको टोलीमा कांग्रेस नेताहरू उदयशमशेर राणा र अजय चौरासिया रहनेछन्। चार दिने दिल्ली बसाईपछि कांग्रेस नेताहरू असोज २५ गते काठमाडौं फर्कने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। 

प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलोपटक कांग्रेसले आफ्नो टोली भारत पठाउन लागेको हो। महतको टोलीले दुई देशको सम्बन्ध विस्तार र दुई पार्टीबीचको सम्बन्ध विस्तारमा कुराकानी हुने बताइएको छ।

प्रकाशित: Oct 06, 2021| 10:21 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...