सोमबार, असार २२, २०८३

आईपीएलमा लिग चरणका खेल आज सकिँदै

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज लिग चरणको अन्तिम खेल हुँदैछ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज लिग चरणको अन्तिम खेल हुँदैछ। पहिलो लेगको खेल इन्डियामा सम्पन्न भएपछि कोभिड १९ को कारण लिग प्रभावित भएपछि यूएईमा सारिएको प्रतियोगितामा लिग चरणको अन्तिम खेल आज हुन लागेको हो।

यससँगै आज राति पौने ८ बजे सुरु हुने लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादको सामना गर्नेछ।

आईपीएल अंकतालिका अनुसार बैंगलोर प्ले अफमा पुगिसकेको छ भने हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ। त्यसैले यो खेलले प्रतियोगिताको नतिजामा खास अर्थ भने राख्दैन।

यो सिजन हैदारबादले एक खेल बाँकी रहँदा दुई खेलमा मात्र जित निकालेको छ। बाँकी १० खेलमा हार बेहोरेको छ। त्यसैले हैदराबाद आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।

यता बैंगलोर पनि आफू बलियो छु भनेर देखाउने ध्यानमा हुनेछ। आईपीएलमा दिल्ली क्यापिटल र चेन्नई क्वाफायरमा पुगेका छन् भने बैंगलोर र कोलकत्ताले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Oct 06, 2021| 08:06 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।