काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज लिग चरणको अन्तिम खेल हुँदैछ। पहिलो लेगको खेल इन्डियामा सम्पन्न भएपछि कोभिड १९ को कारण लिग प्रभावित भएपछि यूएईमा सारिएको प्रतियोगितामा लिग चरणको अन्तिम खेल आज हुन लागेको हो।
यससँगै आज राति पौने ८ बजे सुरु हुने लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादको सामना गर्नेछ।
आईपीएल अंकतालिका अनुसार बैंगलोर प्ले अफमा पुगिसकेको छ भने हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ। त्यसैले यो खेलले प्रतियोगिताको नतिजामा खास अर्थ भने राख्दैन।
यो सिजन हैदारबादले एक खेल बाँकी रहँदा दुई खेलमा मात्र जित निकालेको छ। बाँकी १० खेलमा हार बेहोरेको छ। त्यसैले हैदराबाद आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ।
यता बैंगलोर पनि आफू बलियो छु भनेर देखाउने ध्यानमा हुनेछ। आईपीएलमा दिल्ली क्यापिटल र चेन्नई क्वाफायरमा पुगेका छन् भने बैंगलोर र कोलकत्ताले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्।