सोमबार, असार २२, २०८३

राजस्थान रोयल्सविरुद्ध मुम्बई इन्डियन्सको जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ। यूएईको सारजाह रंगशालामा सम्पन्न खेलमा ९१ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको जित निकालेको हो।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ। यूएईको सारजाह रंगशालामा सम्पन्न खेलमा ९१ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ९० रन बनाएको थियो। जसक्रममा इविन लेबीले २४ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

इनिङभरि बलर हाबी भएको खेलमा मुम्बईका नाथन कोट्रेलले चार विकेट गिराएका थिए। त्यस्तै, जेम्स निल्समेनले तीन र जसप्रित बुमराहले दुई विकेट गिराएका थिए।

जवाफी ब्याटिङमा आएको मुम्बईले ८ ओभर दुई बलमै ९४ रन बनाएर लक्ष्य पुरा गर्‍यो। जहाँ रोहित शर्माले २३ र इशान किसनले ५० रन बनाए। राजस्थानका लागि चेतन सकरिया र मुस्तफिजुर रहमानले समान १–१ विकेट लिए।

यो हारसँगै राजस्थानले यो सिजनको आईपीएलमा विराम लगाएको छ। जित निकालेको मुम्बई इन्डियन्स पनि समान १२ रन बनाएको कोलकत्ता नाइट राइडर्ससँग रन रेटमा पछि पर्दै प्ले अफ पुग्नबाट वञ्चित भएको छ।

यता दिल्ली क्यापिटल र चेन्नई क्वाफायरमा पुगेका छन् भने बैंगलोर र कोलकत्ताले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: Oct 06, 2021| 07:58 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।