सोमबार, असार २२, २०८३

ईपीएलमा क्‍वालिफायर र इलिमिनेटरको महत्वपूर्ण खेल आज

एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बुधबार दुई खेल हुँदैछन्। बुधबारका दुवै खेल प्ले अफका हुन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बुधबार दुई खेल हुँदैछन्। बुधबारका दुवै खेल प्ले अफका हुन्।

प्रतियोगिताको मुख्य आकर्षण समेत रहेको प्ले अफअन्तर्गत बुधबार एक खेलबाट फाइनल खेल्ने एउटा टिमको टुंगो लाग्नेछ। अतः यो चरण फाइनल पुग्ने टिम छान्ने चरण पनि हो। त्यसैले प्ले-अफबाट प्रतियोगिता विजेतोको झन् नजिक पुगेको छ।

बुधबारको पहिलो खेल क्वालिफायरको हुनेछ। बुधबार हुने क्वालिफायरको खेलमा लिग चरणमा शीर्षस्थानमा रहेको चितवन टाइगर्सले पोखरा राइनोजसँग विहान साढे ९ बजे सुरु हुनेछ। विजेताले फायनलमा स्थान बनाउने छ। क्वाफिायरमा पराजित हुने टिमले प्रतियोगिताबाट बाहिरिनु पर्ने छैन।

बुधबार हुने अर्को खेलमा भने लिग चरणको तेस्रो र चौथो स्थानमा रहेका भैहरवा ग्लाडिएटर्स र काठमाडौं किंग्स इलेवेनले प्रतिस्पर्धा गर्नेछ। यो खेलमा पराजित हुने टिम ईपीएलको यो संस्करणबाट बाहिरिने छ।

इलिमिनेटरमा जित निकाल्ने टिमले दोस्रो क्वालिफायमा प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम र इलिमिनेटरको विजेताले खेल्नेछ। फाइनल खेल दुवै क्वालिफायरको विजेतासँग हुनेछ।

प्रकाशित: Oct 06, 2021| 07:45 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।