काठमाडौं- त्रिभुवन आर्मी फुटबल क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र सैनिक आवसिय महाविद्यालयले संयुक्त रुपमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन्।
मंगलबार आर्मी हेडक्वार्टर भद्रकाली मैदानमा फुटबल एकेडेमीको उद्घाटन गरिएको हो। यससँगै असोज १९ गतेबाट आर्मीले आधिकारिक रुपमै फुटबल एकडेमी सञ्चालनमा ल्याएको हो।
आर्मीले युवा एकडेमी सञ्चालनका लागि गत वर्षको माघमा नै एन्फा र सैनिक महाविद्यालयसँग सम्झौता गरिसकेको थियो। एसियाली फुटबल महासं (एएफसी) ले क्लब लाइसेन्सिङका लागि फुटबल एकेडेमी अनिवार्य गरेपछि नेपालका विभिन्न क्लबहरु लाइसेन्सको प्रकृयामा लागेका छन्।
आर्मी क्लबले त गतवर्ष नै एएफसी लाइसेन्स प्राप्त गरि एएफसी कपको छनोट खेलेको थियो। सो छनोटको पहिलो खेलमा नेपालले श्रीलंका पुलिसलाई हराएको थियो। दोस्रो खेलमा भने बैंगलोरसँग पराजित भएपछि उसको एएफसी कप खेल्ने सपना अधुरो बनेको थियो।