शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रचण्डले 'राजदूत' बनाएका पूर्वमुख्यसचिव पौडेल बने माओवादी विदेश विभाग सदस्य

प्रचण्डले 'राजदूत' बनाएका पूर्वमुख्यसचिव पौडेल बने माओवादी विदेश विभाग सदस्य

पूर्वमुख्य सचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल नेकपा (माओवादी केन्द्र)को विदेश विभाग सदस्य बनेका छन्।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- पूर्वमुख्य सचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्याल नेकपा (माओवादी केन्द्र)को विदेश विभाग सदस्य बनेका छन्। माओवादी केन्द्रले गठन गरेको विदेश विभागमा उनी सदस्य बनाइएका हुन्। 

सुरेन्द्र कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विदेश मामिला विभाग गठन गर्ने माओवादी केन्द्रको निर्णय छ। विभागको उपप्रमुखमा सुरेश आले मगर छन् भने पौड्यालसहित पूर्वराजदूतहरू  डा. महेश मास्के, ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंह सदस्य बसेका छन्। 

केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा सरकारले २०७६ फागुनमा उनलाई चीनबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। त्यसबेला तत्कालीन नेकपाको माओवादी फ्याक्टरले भने पार्टीमा छलफल नगरी राजदूत पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई चीनका लागि राजदूत बनाउने निर्णय गरेको थियो। यसअघि उनी २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म नेपालको मुख्यसचिव बनी कार्यसम्पादन गरेका थिए। 

प्रकाशित: Oct 05, 2021| 20:16 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...