शुक्रबार, भदौ ५, २०८३

मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरु के-के हुन्?

सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलाई नियुक्त गरेको छ। 

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्‌को बैठकले न्यायाधिकरणको रिक्त सदस्य पदमा सहन्यायाधिवक्ता भट्टराईलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

त्यसैगरी न्यायाधिकरणको रिक्त कानुन सदस्यमा कानुन मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मी नियुक्त भएका छन्।

प्रशासन सेवाका सहसचिव रविलाल पन्थलाई विशिष्ट श्रेणी पद सचिवमा बढुवा गरेकोसमेत प्रवक्ता कार्कीले जानकारी दिए। 

रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ।

यस्तै असोज २४ गतेदेखि असोज २८ गतेसम्‍म पररष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्‍न आन्दोलन (कमोरेटिभ हाइ लेभल मिटिङ) मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको गठन गरिएको छ। 

मन्त्रिपरिषद्‌ले विद्युतीय राहदानीमा उल्लेख हुने सुरक्षा विशेषताहरु स्वीकृत गरेको छ। 

प्रकाशित: Oct 05, 2021| 19:23 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...