काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीको विदेश मामिला विभागमा आठ जना पूर्वराजदूतहरु रहेका छन्।
नेता सुरेन्द्र कार्कीको संयोजकत्वमा बनेको ३१ सदस्यीय विभागमा आठ जना पूर्वराजदूतलाई समेटिएको विभागका सदस्य प्रमोद जैसवालले जानकारी दिएका छन्।
विभागमा समेटिएका पूर्वराजदूहरुमा चीनका लागि नेपाली राजदूत बनेका लीलामणि पौड्याल, डा. महेश मास्के, पदम सुन्दास, महेन्द्र सिंह, ऋषिराम अधिकारी, लक्की शेर्पा, युवनाथ लम्साल र राममणि पोखरेल छन्।
माओवादी केन्द्रका अनुसार विभागमा जोखबहादुर महरा, ओम शर्मा, विमल अधिकारी, रूपक सापकोटा, प्रमोद जैसवाल, सुनिल पौडेल, अमन श्रेष्ठ, प्रदीप परियार, इन्द्र भट्टराई, कल्याणी शाह, सुदन किराती, प्रकाशबाबु पौडेल, एलबी थापा, रविमोहन कोपिला, टीबी पाठक, पुष्प न्यौपाने, यङ्कनाथ अर्याल, बलु गैरे, शिवसिंह ओली, बाबुलाल पुन र श्यामकुमार श्रेष्ठ सदस्य छन्।
पछिल्लो समय नेकपा माओवादी केन्द्र सांगठनिक संरचनालाई बलियो बनाउनेतर्फ लागेको छ।