सोमबार, माघ २८, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • माइत हिँडेकी रामकलीको डोजरको ठक्करबाट मृत्यु भएको प्रहरीको निष्कर्ष

Siddartha premir insuranceSiddartha premir insurance

माइत हिँडेकी रामकलीको डोजरको ठक्करबाट मृत्यु भएको प्रहरीको निष्कर्ष

सल्यानमा माइती जान हिँडेकी रामकली खत्रीको डोजर (जेसीवी) को ठक्करबाट मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ।
 |  मंगलबार, असोज १९, २०७८

देव राना

देव राना

मंगलबार, असोज १९, २०७८

ntc landingntc landing

सुर्खेत- सल्यानमा माइती जान हिँडेकी रामकली खत्रीको डोजर (जेसीवी) को ठक्करबाट मृत्यु भएको प्रहरीले निष्कर्ष निकालेको छ। ‘चालकले अध्याँरो भएका कारण घटना भएको बयान दिएका छन्,’ सल्यानका डीएसपी गोविन्द थापाले भने, ‘घटनास्थलको प्रकृति, शवको अवस्था र प्रारम्भिक बयानले डोजरकै ठक्करबाट रामकलीको मृत्यु भएको देखिन्छ।’

himalayan bank box

घटना भएको दिन डोजर चालक डाँगीले मदिरासमेत सेवन गरेको खुलेको छ। ‘मदिरा सेवन गरेको थिएँ घटना कसरी भयो, थाहा छैन भनेका छन्,’डीएसपी थापाले भने, ‘घटना स्वीकार त गरिसकेका छैनन् तर अनुसन्धानले डोजरकै ठक्करबाट मृत्यु भएको देखाउँछ।’ मृतक रामकलीको टाउकोमा फुटेको छ भने एउटा हात र खुट्टा किचिएको छ।

दुई दिनसम्म गरिएको अनुसन्धान र चालकको बयानका आधार डोजरकै ठक्करबाट रामकलीको मृत्यु भएको प्रहरीको निष्कर्ष छ। 

बागचौर नगरपालिका-२ गैरीकी ५४ वर्षीया रामकली आइतबार मृत अवस्थामा भेटिएकी थिइन्। गत शनिबार उनी सोही वडामा रहेको माइती ज्यूला जान भनेर घरबाट हिँडेकी थिइन्। तर माइती पुग्‍न नपाउँदै घरदेखि दुई किलोमिटर (ठाँटीचौर भन्‍ने स्थानमा) आइतबार बिहान उनको शव भेटिएको थियो।

घटना शंकास्पद देखिएपछि प्रहरीले नेपालगञ्‍जबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान थालेको थियो। दुई दिनसम्म गरिएको अनुसन्धान र चालकको बयानका आधार डोजरकै ठक्करबाट रामकलीको मृत्यु भएको प्रहरीको निष्कर्ष छ। 

तालिम प्राप्त कुकुर र घटना भएकै दिन डोजर उक्त सडक खण्डमा मर्मत गरेको भेटिएपछि प्रहरीले जोडर चालक, सहचालक र डोजर मालिकलाई पक्राउ गरी अनुसन्धान गरेको थियो। अनुसन्धानपछि प्रहरीले बागचौर ३ का २६ वर्षीय डोजर चालक विष्णु डाँगी नै दोषी रहेको निष्कर्ष निकालेको छ। सहचालक र डोजर मालिकलाई आवश्यक परे बोलाउने सर्तमा छोडिदिएको छ। जोडर चालकलाई भने आज नै म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले छ।

प्रकाशित: Oct 05, 2021| 17:07 मंगलबार, असोज १९, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।